You are viewing the translated version of साप्ताहिक मुद्दा पेसी सूची.

Section 43
साप्ताहिक मुद्दा पेसी सूची
(१) रजिस्ट्रारले अङ्ग पुगी आगामी हप्ताको लागि पेसीको तारिख तोकिएको मुद्दाहरूको सूची मुद्दाको दर्ता क्रम अनुसार तयार गरी प्रत्येक हप्ताको बुधबारसम्ममा अध्यक्षसमक्ष पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको मुद्दाको पेसी सूचीमा मुद्दाका पक्षहरूको नाम, मुद्दाको नाम र नम्बर, शुरु निर्णय गर्ने निकायको नाम, मुद्दा पेस हुने दिन र मुद्दामा कानून व्यवसायी नियुक्त भएको भए निजको नाम समेत उल्लेख गरी शुक्रबारसम्ममा सूचना पाटीमा टाँस गर्नुका साथै अदालतको वेबसाइटबाट समेत प्रकाशन हुने व्यवस्था मिलाउनु पर्नेछ।